+
+
Shares

मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट ‘सेल्फ रिन्यु’ सुविधा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ एप 'मुक्तिनाथ फाइदा एप' मा नयाँ 'सेल्फ–रिन्यु' सुविधा थप गरेको छ ।
  • यस सुविधासँगै ग्राहकहरूलाई मोबाइल बैंकिङ सेवा नवीकरण गर्न बैंकको शाखा धाउनुपर्ने बाध्यता हटेको छ ।
  • ग्राहकहरूले अब बैंक नगई सोही एपमार्फत आफ्नो राष्ट्रिय परिचयपत्र तथा पान विवरण समेत अपडेट गर्न सक्नेछन् ।

१२ जेठ, काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगायत सुविधा थप गरेको छ । यस सुविधासँगै ग्राहकलाई मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको छ ।

अब ग्राहकले घरमै बसेर वा आफ्नो सहजता अनुसार यस बैंकको मोबाइल बैंकिङ एप नवीकरण गर्न सक्नेछन् । त्यसको लागि एपमा लगइन गरी एक्स्पायरी पपअप देखिएपछि ‘रिन्यु नाओ’ मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि नवीकरण शुल्क सम्बन्धी जानकारी तथा व्यवस्थापनपछि ‘कन्टिन्यु’ थिचेर आफ्नो ‘ट्रान्ज्याक्सन पिन’ प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था छ ।

बैंक नगई फाइदा एपबाट ग्राहकले आफ्नो राष्ट्रिय परिचयपत्र तथा पान विवरण अपडेट गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन यो सुविधा ल्याइएको बैंकले जनाएको छ । मुक्तिनाथ फाइदा एपमार्फत ग्राहकले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?