+
+
Shares

मधेश सरकार : तीन दलबीच १५ बुँदे सहमति, चार मन्त्रीको शपथको तयारी

सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्यनिस्ट पार्टीबीच १५ बुँदे सहमति भएपश्चात् मन्त्रिमण्डल विस्तारको तयारी थालिएको हो ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ जेठ १२ गते १७:५०

१२ जेठ, जनकपुरधाम । लामो रस्साकस्सीपछि मधेश प्रदेश सरकार विस्तार हुने भएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्यनिस्ट पार्टीबीच १५ बुँदे सहमति भएपश्चात् मन्त्रिमण्डल विस्तारको तयारी थालिएको हो ।

नयाँ सहमतिअनुसार एमालेबाट तीन र नेकपाबाट एकसहित चार मन्त्रीले शपथ लिने तयारी गरिएको छ ।

एमालेबाट बिना विभागीय मन्त्रीको शपथ लिएका मोहम्मद समिरलाई भौतिक पूर्वाधार मन्त्रालय जिम्मेवारी दिने तयारी छ  ।

यस्तै, एमालेबाटै शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालय, लखन दासलाई समाज कल्याण तथा खेलकुद मन्त्रालय र मनोज सिंहलाई शिक्षा तथा संस्कृति मन्त्री नियुक्त गर्ने तयारी छ ।

नेकपाका संसदीय दलका नेता युवराज भट्टराईलाई अर्थ मन्त्रालय दिइने भएको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले उनीहरूलाई मन्त्री नियुक्त गरेर केहीबेरमा शपथ खुवाउने तयारी गरेका छन् ।

यसअघि नेकपा रुष्ट हुँदा मन्त्रिमण्डल विस्तारको काम रोकिएको थियो । दुई दिनअघि मात्रै मन्त्रिमण्डल विस्तार अन्योल हुँदा एमालेबाट प्रस्तावित मन्त्रीहरू शपथका लागि आएपनि त्यत्तिकै फर्किएका थिए ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?