News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंबाट ३० लाख रुपैयाँभन्दा बढी नगद र १२२ ग्राम खैरो हेरोइनसहित ४२ वर्षीय कुमार लामा पक्राउ परेका छन् ।
- लामालाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ५ दिनको म्याद दिएको छ ।
- स्वयम्भू प्रहरीले लामाको साथबाट नगद र हेरोइनसहित अन्य निषेधित औषधिजन्य लागुऔषधहरू समेत बरामद गरेको छ ।
१२ जेठ, काठमाडौं । ३० लाख नगद र खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौं बुद्धपार्क बस्ने ४२ वर्षीय कुमार लामा छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनीबाट काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । उनीबाट १२२ ग्राम खैरो हेरोइन, अन्य औषधीजन्य लागु औषधहरु, ३० लाख १७ हजार २४५ नगद बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4