+
+
Shares

राष्ट्र बैंक सञ्चालक समिति ९ सदस्यीय प्रस्ताव

केन्द्रीय बैंक सञ्चालक समिति अध्यक्ष गभर्नर हुनेछ भने सदस्यमा अर्थ सचिव, दुई डेपुटी गभर्नर रहने व्यवस्था छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते २०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको आकार ७ सदस्यबाट बढाएर ९ सदस्यीय बनाउने प्रस्ताव गरेको छ ।
  • नेपाल राष्ट्र बैंक ऐन २०५८ संशोधन गर्न बनेको विधेयक संघीय संसद्को प्रतिनिधिसभामा दर्ता भएको छ ।
  • प्रस्तावित विधेयकमा हालको ३ जनाको सट्टा ५ जना गैरकार्यकारी स्वतन्त्र सञ्चालक नियुक्त गर्ने व्यवस्था गरिएको छ ।

१२ जेठ, काठमाडौं । सरकारले राष्ट्र बैंक सञ्चालक समितिका आकार बढाउने प्रस्ताव गरेको छ । केन्द्रीय बैंकको हालको ७ सदस्यीय सञ्चालक समितिलाई ९ बनाउने प्रस्ताव गरिएको हो ।

सरकारले नेपाल राष्ट्र बैंक ऐन २०५८ संशोधन गर्न बनाएको विधेयक अनुसार ९ सदस्यीय सञ्चालक समितिको परिकल्पना गरिएको हो । सरकारले तयार गरेको उक्त विधेयक संघीय संसद्को प्रतिनिधिसभामा दर्ता पनि भइसकेको अवस्था छ ।

विधेयक अनुसार ऐनको दफा २० बमोजिमको योग्यता पुगेका व्यक्तिमध्ये छुट्टाछुट्टै क्षेत्रको प्रतिनिधित्व हुने गरी नेपाल सरकारले नियुक्त गरेका ५ जना गैरकार्यकारी स्वतन्त्र सञ्चालक रहने व्यवस्था छ ।

हाल आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुन क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्तिमध्ये नेपाल सरकारले नियुक्त गरेका ३ जना सञ्चालक रहने व्यवस्था छ ।

केन्द्रीय बैंक सञ्चालक समिति अध्यक्ष गभर्नर हुनेछ भने सदस्यमा अर्थ सचिव, दुई डेपुटी गभर्नर रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?