१३ जेठ, काठमाडौं । चीनले अष्ट्रेलिया, भारत, जापान र अमेरिका सम्मिलित ‘क्वाड’ समूहप्रति आफ्नो पुरानै असन्तुष्टि दोहोर्याएको छ ।
चीनले देशहरूबीच हुने कुनै पनि सहयोग वा सम्झौताले क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिमा योगदान दिनुपर्ने तर त्यसले कुनै तेस्रो देशलाई निशाना बनाउन नहुने बताएको छ ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा बोल्दै आफूहरूले कुनै पनि किसिमको विशेष समूह वा गुटबन्दीलाई समर्थन नगर्ने स्पष्ट पारिन् ।
उनले कुनै पनि देशहरूबीचको सहकार्यले क्षेत्रीय राष्ट्रहरूबीचको आपसी विश्वास र सहयोगलाई कमजोर बनाउन नहुने कुरामा जोड दिइन् ।
अष्ट्रेलिया, भारत, जापान र अमेरिकाका विदेशमन्त्रीहरू मंगलबार भारतमा भेला भएको बेला चीनको यस्तो मन्तव्य आएको हो । सो बैठकमा चार देशका नेताहरूले प्रशान्त महासागरीय टापु देश फिजीमा संयुक्त रूपमा एउटा बन्दरगाह निर्माण गर्ने सहमति गरेका छन्। यसका साथै उनीहरूबीच महत्त्वपूर्ण खनिज र ऊर्जा सुरक्षाका विषयमा विभिन्न सम्झौताहरूमा हस्ताक्षर समेत भएको छ ।
प्रतिक्रिया 4