१३ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले प्ले कार्ड देखाएका छन् ।
प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनले प्ले कार्ड देखाएका हुन् ।
त्यसपछि सभामुख डिपी अर्यालले बोल्न समय दिए । त्यसपछि प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार संसद्मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरे ।
नियम १५ को उपनियम २ मा प्रधानमन्त्री र मन्त्रीले संसदमा उठेका प्रश्नहरूको सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था छ । यसको कार्यान्वयन हुनुपर्ने साम्पाङको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4