+
+
Shares

सांसदलाई किसानको फोन : विकास बरु ढिला होस्, बाँदरबाट अन्नबाली जोगाइदिनुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते ११:४८

१३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले बाँदर नियन्त्रणका लागि राज्यले केही न केही गर्नुपर्ने बताएका छन् । यो विषयमा आफूलाई नागरिकले आग्रह गरिरहेको उनले सुनाए ।

आफ्नो निर्वाचन क्षेत्रका एक जना किसानले आज बिहानै फोन गरेको र ‘माननीय ज्यू बरु सडक र विकास ढिला होस्, तत्काल बाँदरबाट अन्नबाली जोगाइदिनुपर्‍यो’ भनेको उनले संसदमा जानकारी गराए ।

प्रतिनिधिसभाको बैठबमा बोल्दै उनले यो किसानको गूनासो मात्रै नभएर नेपालको  कृषि, किसान र खाद्यय सुरक्षामाथिको गम्भीर संकट भएको उनले बताए ।

बाँदरकै कारण कतिपय किसान बसाईं सर्नु परेको उनले बताए ।

डमी बाँदर राख्ने लगायतका उपय अपनाउन सकिने र यस निम्ति नागरिकललाई सचेत गराउन सकिने उनले सरकारलाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?