+
+
Shares

संसदको नयाँ बैठक कक्षप्रति एमालेको टिप्पणी : सिट फिल्महल जस्तो, टेबल कक्षाकोठा जस्तो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते ११:५७

१३ जेठ, काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको नयाँ बैठक कक्षका सिट फिल्म हल जस्तो र टेबल कक्षाकोठाको जस्तो बनाइएको टिप्पणी गरेको छ ।

आजको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक ऐनसिंह महरले नयाँ संसद हलमाथि प्रश्न उठाएका हुन् ।

‘त्यो सभा हल प्रतिनिधि सभाको हल हो, त्यहाँ सांसदहरु फिल्म हेर्न आएका होइनन्,’ महरले भने, ‘ती सिटहरु फिल्महलको जस्तो बनाइएको छ । टेबलहरु कक्षाकोठाका जस्तो बनाइएका छन् ।’

उनले थपे, ‘त्यो सभा हल जस्तो छैन, फिल्म हल जस्तो बनाउने कोसिस गरिएको छ । त्यसलाई ध्यान पुगोस् र त्यसलाई प्रतिनिधि सभाको गरिमामय हल जस्तो बनाइयोस् ।’

उनले यस विषयमा सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?