News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक सर्वेक्षण अनुसार नेपालका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा, १६ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा छन् ।
- २०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको सेयर र ऋण गरी कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड पुगेको छ ।
१३ जेठ, काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेको पाइएको छ ।
आर्थिक सर्वेक्षण २०८२/८३ ले यस्तो देखाएको हो । यस आवसम्म १६ संस्थान नोक्सानीमा रहेको र २ वटा बन्द अवस्थामा रहेको पाइएको छ । अघिल्लो आवमा २८ वटा नाफामा, १५ वटा नोक्सानी र २ वटा घाटामा थिए ।
२०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड पुगेको छ । सेयर र ऋण गरी कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4