+
+
Shares

देशभरि ६२ लाख ४९ हजार सवारीसाधन दर्ता, मोटरसाइकल मात्र ५० लाख

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशभर दर्ता भएका ६२ लाख ४९ हजार सवारीसाधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेका छन् ।
  • चालु आर्थिक वर्षको फागुनसम्म थप २ लाख ८१ हजार ९२१ सवारीसाधन दर्ता र ४३ हजार ७५० थान स्मार्ट लाइसेन्स वितरण भएको छ ।
  • देशभर हालसम्म कुल ८८ हजार ३ सय ४० थान मात्र इम्बोस्ड नम्बर प्लेट जडान भएको छ ।

१३ जेठ, काठमाडौं । देशभरि ६२ लाख ४९ हजार सवारीसाधन दर्ता भएका छन् । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार दर्ता सवारी साधनमध्ये ५० लाखभन्दा धेरै मोटरसाइकल रहेका छन् ।

चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म ८ महिनामा मात्र बस, मिनीबस, ट्रक, माइक्रोबस, कार, मोटरसाइकलसहितका सवारी साधन गरी कुल २ लाख ८१ हजार ९ सय २१ यातायातका साधन दर्ता भएका छन् ।

सर्वेक्षण अनुसार यस वर्ष फागुनसम्म ४३ हजार ७५० थान स्मार्ट लाइसेन्स वितरण गरिएको छ । अहिलेसम्म कुल ४१ लाख १४ हजार १८१ थान लाइसेन्स विवतरण भइसकेको तथ्यांक छ । फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ । त्यसमध्ये ५ हजार १ सय ८६ थान जडान भएको छ । अहिलेसम्म कुल ८८ हजार ३ सय ४० थान मात्र जडान भएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?