+
+
Shares

कंगोमा इबोला : उच्च सतर्कतामा नेपाली शान्ति सैनिक

कंगोमा ९७० नेपाली शान्ति सैनिक कार्यरत छन् । कंगोका इतुरी प्रान्तको पेनी, बुनिया र माबीबीमा शान्ति सैनिक छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १६:२३

१३ जेठ, काठमाडौं । कंगोमा इबोला भाइरसको प्रकोप देखिएपछि नेपाली शान्ति सैनिकले उच्च सतकर्ता अपनाएको छ । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले इबोला प्रकोप देखिएको भन्दै विश्व स्वाथ्य संकट घोषण गरेसँगै उच्च सतर्कता अपनाइएको नेपाली सेनाले बताएको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले उच्च सतकर्ता अपनाउँदै डब्लूएचओ तोकेअनुसारको स्वास्थ मापदण्ड लागु गरी काम गरिएको बताएका छन् । अहिलेसम्म भने नेपाली सेनाको टोली संक्रमणमुक्त रहेको बस्नेतले बताए ।

उनका अनुसार कंगोमा ९७० नेपाली शान्ति सैनिक कार्यरत छन् । कंगोका इतुरी प्रान्तको पेनी, बुनिया र माबीबीमा शान्ति सैनिक छन् । माबीबीमा बढी संक्रमण भएकाले त्यो अझ उच्च सतर्कता अपनाइएको उनले बताए ।

कंगोमा भर्खरै शान्ति सेनाको टोली अदली बदली भएकाले तत्काल जाने आउने अवस्था नरहेको प्रवक्ता बस्नेत बताउँछन् ।

कोही विशेष काम परेर आउनु परेको अवस्थामा पनि क्वारेन्टाइनसम्मको व्यवस्था मिलाइएको नेपाली सेनाले बताएको छ । पहिला कंगोमै आइसोलेनमा राख्ने र नेपाल आएपछि विमानस्थलबाटै सोझै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको उनले बताए ।

अहिलेसम्म भने कोही पनि नेपाल नआएकाले क्वारेन्टाइनमा कसैलाई राखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?