+
+
Shares

५ वर्षमा कांग्रेस जनताले अपेक्षा गरेजस्तो बनेर फर्कन्छ : प्रवक्ता चालिसे

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी पाँच वर्षभित्र कांग्रेस सशक्त र जनताको अपेक्षाअनुसारको पार्टी बनेर फर्किने बताएका छन् ।
  • ‘हामीले चुनाव हार्‍यौं, सिद्धान्त हारेको होइन’ भन्दै उनले आगामी निर्वाचनमा कांग्रेसलाई शक्तिशाली बनाएर पुनः स्थापित गर्ने प्रतिबद्धता जनाए ।
  • प्रवक्ता चालिसेले पत्रकारहरूलाई सत्यको पक्षमा दृढ रहन आग्रह गर्दै पत्रकारको कलमले स्वतन्त्रताको रक्षा गर्ने विश्वास व्यक्त गरे ।

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी पाँच वर्षभित्र कांग्रेस अझ सशक्त र जनताको अपेक्षाअनुसारको पार्टी बनेर फर्किने बताएका छन् ।

नेपाल प्रेस युनियनको नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामीले चुनाव हार्‍यौं, सिद्धान्त हारेको होइन । त्यसकारण एउटा अंग्रेजीमा उखान छ–कम ब्याक,’ नयाँ बानेश्वरमा बुधबार आयोजित कार्यक्रममा चालिसेले भने, ‘कांग्रेस पाँच वर्षमा दरो भएर जनताले अपेक्षा गरेको जस्तो कांग्रेस बनेर फेरि फर्कने छ ।’

उनले आगामी निर्वाचनमा कांग्रेसलाई हजारौं गुणा शक्तिशाली बनाएर जनतामाझ पुन: स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हाम्रो ‘कम ब्याक’ हजारौं गुणा राम्रो, शक्तिशाली र जनताले खोजेजस्तो कांग्रेसका रूपमा हुनेछ,’ प्रवक्ता चालिसेले भने, ‘हामी यही दिशामा अघि बढिरहेका छौं ।’

कार्यक्रममा उनले प्रेस स्वतन्त्रताको पक्षमा पनि धारणा राख्दै पत्रकारहरूलाई सत्य र जनताको आवाजको पक्षमा दृढ रहन आग्रह गरे ।

‘झुटले लेखिएको इतिहास पानीले पनि बगाउँछ, तर सत्यले लेखिएको इतिहास सधैँ अमर हुन्छ,’ चालिसेले भने, ‘तपाईंहरू सत्यको पक्ष नछोड्नुस्, जनताको आवाज भएर उभिनुस् । कुनै बन्दुक, कुनै बुट वा कुनै तानाशाहले कहिल्यै पराजित गर्न नसकेको स्वतन्त्रतालाई पत्रकारको कलमले रक्षा गर्नेछ भन्ने विश्वास नेपाली कांग्रेसको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?