+
+
Shares

सीआईबीले नियन्त्रणमा लियो डीडीसी मुख्यालयका महत्त्वपूर्ण कागजात  

सीआईबीका एसएसपी तथा प्रवक्ता शिवकुमार श्रेष्ठले डीडीसीबाट आवश्यक कागजातहरू नियन्त्रणमा लिएर सीआईबीको टोली फर्किसकेको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुग्ध विकास संस्थानको लैनचौरस्थित केन्द्रीय कार्यालयबाट अनुसन्धानका लागि महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
  • केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले आवश्यक अनुसन्धानका लागि संस्थानबाट कागजात नियन्त्रणमा लिएर टोली फर्किसकेको जानकारी दिए ।
  • दुग्ध विकास संस्थानले किसानहरूको चार महिनाको ५८ करोड रुपैयाँ बक्यौतामध्ये १२ करोड रुपैयाँ भुक्तानी गरिसकेको दाबी गरेको छ ।

१३ जेठ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डीडीसी) को लैनचौरस्थित केन्द्रीय कार्यालयबाट महत्तवपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

सीआईबीका एसएसपी तथा प्रवक्ता शिवकुमार श्रेष्ठले डीडीसीबाट आवश्यक कागजातहरू नियन्त्रणमा लिएर सीआईबीको टोली फर्किसकेको जानकारी दिए ।

‘आवश्यक अनुसन्धानका लागि केही आवश्यक कागजात लिएका हौं,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘कागजात लिएर टोली कार्यालय फर्किसकेको छ, अनुसन्धान हुँदैछ ।’

डीडीसीले किसानबाट दूध संकलन गरी बजारमा बेच्दै आएको छ । पछिल्लो समय संस्थानले किसानको चार महिनाको ५८ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । त्यसमध्ये १२ करोड रुपैयाँ भुक्तानी गरिएको डीडीसीको दाबी छ ।

केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाहले डीडीसीबाट उत्पादित याक चिज खाएको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

उनले डीडीसीको प्रचार गर्दै तस्वीर सेयर गरेपछि विभिन्न किसिमका टिकाटिप्पणी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?