+
+
Shares

८ विश्वविद्यालयको उपकुलपतिमा १८९ जनाको आवेदन स्वीकृत, २९ अयोग्य

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ८ वटा विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन दिएका २१८ मध्ये १८९ जनाको आवेदन स्वीकृत भएको छ ।
  • आवेदन स्वीकृत भएका १८९ जनामध्येबाट अब उपकुलपति छनोटका लागि सर्टलिस्ट सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।
  • अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि रिक्त पदहरूमा नयाँ उपकुलपति चयन गर्न यो प्रक्रिया शुरू गरिएको हो ।

१३ जेठ, काठमडौं । ८ वटा विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिएका २१८ मध्ये १८९ जनाको स्वीकृत भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार २९ आवेदन अयोग्य भएको छ ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ गरी २१८ जनाको आवेदन परेको थियो ।

अब स्वीकृत भएका १८९ बाट सर्टलिस्ट सार्वजनिक हुनेछ । अध्यादेशबाट विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएपछि नयँ उपकुलपति चयन गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?