+
+
Shares

कामना सेवा विकास बैंकद्वारा रुपन्देहीको पशुपति माविलाई कुलर हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको पशुपति माध्यमिक विद्यालयलाई तीन थान कुलर हस्तान्तरण गरेको छ ।
  • गर्मी मौसममा विद्यार्थीलाई अनुकूल वातावरणमा अध्ययन गर्न मद्दत पुग्ने अपेक्षासहित बैंकले उक्त कुलर सहयोग गरेको हो ।
  • कुलर जडानपछि कक्षाकोठाको तापक्रम न्यूनीकरण भई विद्यार्थीको पठनपाठनमा सहजता मिल्ने प्रधानाध्यापक बेद नारायण भट्टराईले बताए ।

१३ जेठ, काठमाडौं । कामना सेवा विकास बैंकलेसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय कोटिहवामार्फत पशुपति माध्यमिक विद्यालय, रुपन्देहीलाई कुलर हस्तान्तरण गरेको छ ।

बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक बेद नारायण भट्टराईलाई ३ थान कुलर हस्तान्तरण गरे । विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनरत रहेको र गर्मीको मौसममा अध्ययन–अध्यापन गर्न कठिन भएको अवस्थामा उक्त कुलर उपयोगी हुनेछ ।

विद्यालयमा कुलर जडान भएपछि कक्षाकोठाभित्रको तापक्रम न्यूनीकरण भई विद्याथीलाई सहज र अनुकूल वातावरणमा अध्ययन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको प्रधानाध्यापक भट्टराईले बताए । यस प्रकारको सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने बैंकका बुटवल क्षेत्र प्रमुख आचार्यले बताए ।

उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?