+
+
Shares

नेस्ले इन्डिया कम्पनीले दुई कुकुरलाई बनायो ‘चिफ ह्याप्पीनेस अफिसर’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १३:५४

बहुराष्ट्रिय खाद्य कम्पनी नेस्ले इन्डियाले कार्यस्थलमा खुसी र मनोबल बढाउने उद्देश्यले दुई गोल्डेन रिट्रिभर कुकुरलाई ‘चिफ ह्यापिनेस अफिसर’ पदमा नियुक्त गरेको छ । यसबारे कम्पनीका प्रबन्ध निर्देशक मनिस तिवारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

तिवारीका अनुसार यी कुकुरहरूलाई कम्पनीको पाल्तुजन्य ब्रान्ड पुरिनाको सहकार्यमा गरिएको अन्तर्वार्तापश्चात सो पदमा नियुक्त गरिएको हो । अब यी गोल्डेन रिट्रिभरले ‘तनाव कम गर्ने, कार्यस्थलमा उत्साह बढाउने र अनावश्यक रूपमा पनि मुस्कान ल्याउन’ सहयोग गर्ने बताइएको छ । यसबारे उनीहरूमा १६ वर्षभन्दा बढीको अनुभव भएको जानकारी दिइएको छ ।

अहिले नेस्ले इन्डियाको यो कदम र तिवारीको पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले यो कदमको प्रशंसा गरिरहेका छन् । जनावरहरूले तनाव कम गर्न सहयोग गर्ने र कार्यस्थलमा ऊर्जा थप्ने कुरा वास्तविक भएको धेरैले बताइरहेका छन् ।

नेस्ले इन्डिया स्विस बहुराष्ट्रिय कम्पनी नेस्लेको भारत शाखा हो । उनीहरूले म्यागी, नेस्क्याफे, किटक्याट लगायतका ब्रान्ड चलाउँछन् । यो कम्पनीले चिफ ह्यापिनेस अफिसरको पदमा नियुक्त गरेको गोल्डेन रिट्रिभर संसारकै सबैभन्दा कुकुरको प्रजातिहरू मध्येको एक हो । यिनीहरू विशेषत: मिलनसार र आफ्नो मालिकप्रति अत्यन्तै वफादार हुने मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?