+
+
Shares

सद्भाव भड्काउने अभिव्यक्ति दिनेविरुद्ध ४ दिन म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धार्मिक सद्भाव भड्काएको आरोपमा पक्राउ परेका जनक परियारलाई अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ४ दिनको म्याद थप गरेको छ ।
  • काठमाडौं प्रहरीका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार परियारले धार्मिक भावनामा आघात पुर्‍याउने र सद्भाव भड्काउने अभिव्यक्ति दिएका थिए ।

१५ जेठ, काठमाडौं । सद्भाव भड्काएको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध चार दिनको म्याद थप भएको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भई टोखा नगरपालिका–८ बानियाँटार बस्ने २७ वर्षीय जनक परियारविरुद्ध अनुसन्धान गर्न चार दिन म्याद थप भएको हो ।

काठमाडौं जिल्ला अदालतले चार दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

धार्मिक भावनामा आघात पु‍र्‍याउने तथा सद्भाव भड्काउने अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?