+
+
Shares

सामाजिक सुरक्षा भत्ताबारे सरकारको आग्रह- सक्नेले त्यागौं, नसक्नेलाई जोडौं

यसरी भत्ता त्याग्नेलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको रूपमा सम्मान गर्ने अर्थमन्त्रीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:५४

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक रूपमा सम्पन्न नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न आग्रह गरेको छ । यसका लागि ‘सक्नेले छोडौं, नसक्नेलाई जोडौं’ भन्ने राष्ट्रिय अभियान सञ्चालन गरिने भएको छ ।

अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै भने, ‘आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न ‘सक्नेले छोडौं, नसक्नेलाई जोडौं’ भन्ने राष्ट्रिय अभियान सञ्चालन गरिनेछ ।’

यसरी भत्ता त्याग्नेलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको रूपमा सम्मान गर्ने अर्थमन्त्रीले जानकारी दिए ।

सरकारले एकल महिला, ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, आर्थिक रूपले विपिन्न, असक्त तथा असहाय, असहाय एकल महिला, अपाङ्गगता भएका, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने र लोपोन्मुख जातीलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।

सरकारले देशैभरिका दलित बालपोषण भत्तालाई दोब्बर बनाउने घोषणा गरेको छ । अब मासिक भत्ता एक हजार रूपैयाँ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?