News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले नयाँ बजेट सार्वजनिक भएपछि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री उत्साहित भएको बताएका छन् ।
- बजेटले मधेश, सुदूरपश्चिम, कर्णाली, दलित बालबालिका, सूचना प्रविधि र वैदेशिक लगानीलाई विशेष प्राथमिकतामा राखेको उनले दाबी गरे ।
- बजेट भाषणपछि प्रतिक्रिया दिँदै प्रवक्ता झाले आफू पनि एक सांसदका रूपमा बजेटप्रति निकै उत्साहित र खुसी रहेको उल्लेख गरे ।
१५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले बजेटसँग प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने उत्साहित भएको बताएका छन् । शुक्रबार बजेट भाषणपछि पत्रकारसँग कुराकानी गर्दै झाले एक जना सांसदका रूपमा बजेटसँग आफू पनि उत्साहित र खुसी रहेको टिप्पणी गरे ।
‘एकजना जनप्रतिनिधि र एकजना प्रतिनिधिसभा सदस्यका रूपमा हामी एकदमै उत्साहित छौं,’ उनले भने, ‘हामी हर्षित पनि छौं ।’ बजेट भाषणपछि आफूले केहीबेर सभापति लामिछाने र प्रधानमन्त्री बालेनसँग कुराकानी गरेको उनले बताए ।
‘बजेटपश्चात् पार्टी सभापति, प्रधानमन्त्रीलगायत केही नेतासँग कुरा गर्ने मौका पाएका थियौं, सम्माननीय प्रधानमन्त्री ज्यु पनि उत्साहित हुनुहुन्छ, पार्टी सभापति पनि उत्साहित हुनुहुन्छ,’ उनले भने ।
बजेटले मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशलाई निकै प्राथमिकतामा राखेको उनले दाबी गरे । ‘मधेश, सुदूरपश्चिम र कर्णालीलाई यो बजेटले निकै नै प्राथमिकतामा राखेको, पुललाई, झोलुंगे पुललाई निकै नै प्राथमिकतामा राखेको, सडकलाई, त्यसरी नै उद्यमीहरूलाई, त्यसमा पनि सूचना प्रबिधिको क्षेत्रलाई, वैदेशिक लगानीलाई र नेपालीहरू विदेशमा रहेर विभिन्न क्षेत्रमा लागिरहनुभएको छ, उहाँहरूलाई विशेष प्राथमिकतामा राखेको देखिन्छ,’ उनले भने ।
दलित र दलित बालबालिकालाई खाजादेखि लिएर सुविधादेखि धेरै कुराको परिकल्पना गरेको उनले टिप्पणी गरे ।
प्रतिक्रिया 4