News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले "एक पटकको नेपाली, सधैंको नेपाली" नारालाई मूर्त रूप दिन गैरआवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधान संशोधन गर्ने घोषणा गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणमा समाहित गरिने बताउनुभयो ।
- बजेटमार्फत विदेशस्थित नेपाली नियोगलाई सशक्त बनाई निर्यात वृद्धि, लगानी आकर्षण र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
१५ जेठ, काठमाडौं । सरकारले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने नारालाई मूर्त रूप दिन संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकता (एनआरएनए) सम्बन्धी प्रावधानलाई संशोधन गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू पूर्ण रूपमा प्रदान गरी उनीहरूलाई राष्ट्र निर्माणको मूल अभियानमा समाहित गरिने बताएका छन् ।
यसका साथै विदेशस्थित नेपाली नियोगहरूलाई थप सशक्त र सुदृढ बनाइने बजेटमा उल्लेख छ ।
त्यस्तै, नेपालको निर्यात क्षमता वृद्धि गर्न, द्विपक्षीय व्यापार तथा लगानी आकर्षण गर्न र पर्यटन प्रवर्द्धनका लागि नेपाली नियोगहरूको सशक्तिकृत गर्दै कूटनीतिलाई थप सबल बनाउने योजना रहेको छ ।
शेयर बजारमा लगानी खुला गर्न कानुन परिमार्जनस् गैर-आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता र पुँजीगत लाभकर सम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गरिने पनि बजेटमा उल्लेख छ ।
प्रतिक्रिया 4