१५ जेठ, काठमाडौं । सरकारले पाँचतारे र त्यसभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवाको बिक्री मूल्यमा २ प्रतिशत विलासी शुल्क लिने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले लक्जरी होटल रिसोर्ट र आयातित मदिरामा यस्तो शुल्क तोकेको हो ।
सरकारले आयातित तयारी मदिराको पैठारीमा भन्सार महसुल तथा अन्त:शुल्क सहित मूल्यमा २ प्रतिशत विलासी शुल्क तोकेकाे छ । यस्तो शुल्क पाँचतारे र त्यसभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा बिक्रीमा बखत र आयातित मदिरामा पैठारी हुने भन्सार बिन्दुमा आयात गर्दाको खबत असुल गर्नुपर्ने तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4