+
+
Shares

पार्टी छोडिसकेका अरगरियालाई एमालेले दियो पार्टी जागरण अभियानको जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते ११:०१

१६ जेठ, काठमाडौं । केही नेताहरुको जिम्मेवारी हेरफेर सहित जारी नेकपा एमालेको अपानिमा पार्टी छोडिसकेका उमाशंकर अरगरियालाई पनि कार्यविभाजन गरिएको छ ।

केन्द्रीय सदस्य अरगरियालाई धनुषामा मिसन पार्टी जागरण अभियान चलाउने जिम्मेवारी दिइएको छ । नेपाली वर्णानुक्रम अनुसार अपानिको ४२ नम्बरमा नाम रहेका अगरियाले केही दिन अगाडि नै एमाले परित्याग गरिसकेका छन् ।

०७९ सालको चुनावमा धनुषा–२ को टिकट दिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए । तर त्यो चुनाव अरगरियाले जित्न सकेनन् । गत २१ फागुनको चुनावमा पनि उनी उम्मेदवार भए ।

यो चुनाव पनि जित्न नसकेपछि अरगरियाले साधरण सदस्य समेत नरहेनगरी पार्टी परित्याग गरेको जानकारी फेसबुकबाटै दिएका छन् । तर शुक्रबार जारी एमालेको अपानिमा उनलाई पार्टी जागरण अभियान चलाउने जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?