+
+
Shares

सुन–चाँदीमा विलासिता शुल्क हटाएर सीप प्रवर्द्धन शुल्क थप

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सुन तथा सुनका गहनाको बिक्रीमा लाग्ने विलासिता शुल्क हटाएर नयाँ सीप प्रवर्द्धन शुल्क लगाएको छ ।
  • अब सुन तथा चाँदीका गरगहना अन्तिम उपभोक्तालाई बिक्री गर्दा ०.५ प्रतिशतका दरले सीप प्रवर्द्धन शुल्क लाग्नेछ ।
  • संकलित शुल्क अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा दाखिला गर्नुपर्ने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ ।

१६ जेठ, काठमाडौं । सरकारले सुन तथा सुनका गहना अन्तिम उपभोक्तालाई बिक्रि गर्दा लगाएको विलासिता शुल्क हटाएको छ । त्यसको सट्टामा अब सीप प्रवर्द्धन शुल्क लगाइने भएको छ ।

व्यवसायीहरूले सुनमा विलासिता शुल्क हटाउन माग गर्दै आएका थिए । प्रारम्भमा सुनको विलासिता शुल्क लगाउने बेला तीन तहको शुल्क लाग्ने अवस्था थियो । अहिले पनि दुई प्रतिशत विलासिता शुल्क पाँच तारे र सो भनदा माथिका तारे होटेल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवाको बिक्रिमा लाग्दै आएको छ । आयातित तयारी मदिराको पैठारीमा भन्सार महसुल तथा अन्त:शुल्क सहितको मूल्यमा समेत यस्तो कर यथावत छ ।

उता सीप प्रवर्द्धन शूल्क भने सुन वा सुनका गरगहना वा वस्तु अन्तिम उपभोक्तालाई बिक्रि गर्दाको बिक्रि मूल्यमा ०.५ प्रतिशतका दरले लाग्ने भएको छ । साथै चाँदी वा चाँदीका गरगहना वा वस्तु अन्तिम उपभोक्तालाई बिक्रि गर्दाको बिक्रि मुल्यमा समेत लाग्ने गरी नयाँ प्रावधान ल्याइएको छ ।

यस्तो शुल्क संकलन गरेको रकम अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा दाखिला गरी यस्तो विवरण सो महिनामा कारोबार गरेको वा नगरेको जे सुकै भए पनि सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्ने प्रावधान समेत आर्थिक विधेयकमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?