+
+
Shares

सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस् : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले प्रतिनिधिसभा नियमावली विपरीत बोलेको भन्दै सभामुखका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेको छ ।
  • एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सम्बन्धी सभामुखको व्याख्या नियमावली विपरीत रहेको दाबी गर्नुभयो ।
  • आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिएपछि एमालेले यस विषयमा नियमापत्ति जनाएको हो ।

१७ जेठ, काठमाडौं । नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेको छ ।

प्रतिनिधिसभा निमामावलीको नियम ५६ मा रहेका व्यवस्थाबारे सभामुखबाट गलत व्याख्या भएको भन्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो माग राखेका हुन् ।

‘प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि तीन दिन अगाडि प्रश्न लिने व्यवस्था कहीँ पनि गरिएको छैन भनेर रोष्ट्रमबाट भन्नुभयो । त्यो प्रतिनिधिसभा नियमावली विपरीत छ । म यसमा निमापत्ति गर्न चाहन्छु र स्वयम सभामुखको त्यो शब्द संसदीय रेकर्डबाट हटाइयोस् भनेर माग गर्न चाहन्छु ।’

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रुपमा सांसदहरूका प्रश्नको जवाफ दिए ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रश्न सोध्नका लागि तीन दिन अगावै प्रश्न सभामुखलाई उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको स्मरण विपक्षी सांसदहरुले राखेका थिए । तर सभामुख अर्यालले तीन दिन अगावै प्रश्न टिपाउने प्रावधान नरहेको भनेका थिए ।

सभामुखले प्रतिनिधिसभा नियमावलीमा रहेका कतिपय व्यवस्थाका सन्दर्भमा गरेको व्याख्यालाई लिएर एमालेले नियमापत्ति गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?