News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षका सांसदहरूबीच चर्काचर्की भएको छ ।
- प्रधानमन्त्रीको सम्बोधनप्रति विपक्षीले नियमापत्ति गरेपछि सभामुख डोलप्रसाद अर्यालले मर्यादा कायम राख्न आग्रह गर्नुभयो ।
- बैठकमा आक्रोशित भएकी रास्वपा सांसद आशिका तामाङलाई उनकै दलका सांसदहरूले सम्झाइबुझाइ गरेका छन् ।
१७ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी बेञ्चका सांसदहरूबीच चर्काचर्की भएको छ ।
आजैको संसद्मा प्रधानमन्त्री बालेन शाहले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्रीको सम्बोधनबारे विपक्षीहरूले नियमापत्ति गरेका थिए । सो क्रममा सभामुख डोलप्रसाद अर्यालले नियमावलीको गलत व्याख्या गरेको भन्दै विपक्षीहरूले अवरोध गरेका थिए ।
विपक्षीहरूको अवरोधपछि सभामुख अर्यालले मर्यादित हुन आग्रह गरे ।
सोही क्रममा सत्तारुढ रास्वपा सांसद आशिका तामाङ आक्रोशित हुँदै बेञ्चबाट उठेकी थिइन् । उनलाई रास्वपाकै सांसदहरूले सम्झाइबुझाइ गरेका छन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4