+
+
Shares

‘जारी २’ सिनेमाघर ओटीटीमा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपेन्द्र सुब्बा निर्देशित नेपाली चलचित्र ‘जारी २’ नेपाली ओटीटी प्लेटफर्म सिनेमाघरमा विश्वभर प्रदर्शनमा आएको छ ।
  • दयाहाङ राई र मिरुना मगर अभिनीत यो चलचित्र लिम्बु समुदायमा प्रचलित जारी प्रथाको कथामा आधारित छ ।
  • दर्शकले स्मार्टफोन, ट्याब्लेट तथा विभिन्न स्मार्ट टीभीमा सिनेमाघर एप डाउनलोड गरी फोर–के गुणस्तरमा यो चलचित्र हेर्न सक्नेछन् ।

काठमाडौं । ‘जारी २’ फिल्मलाई हलमा हेर्न पाउनुभएको छैन भने खुसीको खबर छ । नेपाली ओटीटी प्लाटफर्म सिनेमाघरले उक्त फिल्मलाई रिलिज गरेको छ ।

विश्वभरका दर्शकले उपेन्द्र सुब्बा निर्देशित फिल्मलाई उक्त ओटीटी प्लाटफर्ममा हेर्न सक्नेछन् । यो फिल्मले बक्सअफिसमा सुखद कमाइ गरेको थियो ।

लिम्बु समुदायमा कुनैबेला विद्यमान जारी प्रथाको कथामा फिल्म आधारित छ । हिट फिल्म ‘जारी’को यो दोस्रो श्रृंखला समेत हो । फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतको अभिनय छ ।

दर्शकले गुगल प्ले स्टोर र एप्पलको आइओस स्टोरबाट ‘सिनेमाघर एप’ डाउनलोड गरी स्मार्टफोन वा ट्याब्लेटमा फिल्म हेर्न सक्ने जनाइएको छ । एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी र एलजी वेबओएस जस्ता स्मार्ट टिभीमा पनि यो एप सहजै डाउनलोड गर्न सकिन्छ ।

मोबाइलबाट क्रोमकास्टको प्रयोग गरेर वा कम्प्युटरमा सिधै वेब ब्राउजरमार्फत पनि ‘जारी २’ हेर्न सकिने सुविधा प्लेटफर्मले प्रदान गरेको छ । दर्शकलाई उच्च गुणस्तरको दृश्य अनुभव प्रदान गर्न यो ओटीटीले हालै प्लेटफर्ममा फोर–के स्ट्रिमिङको सुरुवात समेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?