+
+

कीर्तिमानी धावक तिलकराम पनि कोरियामै लुके

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २१ गते ७:१८
फाइल तस्वीर
फाइल तस्वीर

२१ असोज, काठमाडौ । केही वर्ष नेपाली पुरुष स्पि्रन्टमा एकछत्र राज गरेका तिलकराम थारु दक्षिण कोरियामै लुकेका छन् । १७ औं एसियाली खेलकूद (एसियाड) खेल्न दक्षिण कोरियाको इन्चोन पुगेका तिलकराम उतै लुकेका हुन् । शुक्रवार सम्पन्न एसियाडमा दक्षिण कोरियामै लुक्ने उनी चौथो नेपाली खेलाडी हुन् । ती चार जना मध्ये सवैभन्दा हाइ प्रोफाइल खेलाडी भने तिलकराम नै हुन्, अन्नपूर्ण पोष्टमा खबर छ ।

तिलकरामको नाममा दुई सय र चार सय मिटर स्पर्धामा राष्ट्रिय कीर्तिमान -हृयाण्ड टाइमिङ) रहेको छ । उनी एक सय, दुई सय र चार सय मिटर दौडका राष्ट्रिय विजेतासमेत भइसकेका छन् । दुई वर्षअघि लण्डनमा आयोजना भएको ओलम्पिक खेलकूदमा पनि तिलकरामले नेपालको प्रतिनिधित्व गरेका थिए ।

करिब दुई वर्षदेखि राष्ट्रिय टिम प्रशिक्षणमा रहेका तिलकरामले इन्चोन एसियाडमा भाग लिन भने पाएनन् । समयमा पुग्न नसकेपछि उनी चार सय मिटर स्पर्धामा सहभागी हुन सकेका थिएनन् । पछिल्लो समय चोटसँग संघर्ष गरिरहेका तिलकरामको प्रदर्शन दिनप्रतिदिन खस्कदो थियो । एक सय र दुई सय मिटर स्पर्धामा याम साजन सुनारको पकडपछि तिलकराम ओझेलमा पर्दै गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?