+
+
Shares

प्रतिनिधिसभा नियमावली मस्यौदाको प्रस्तावनाको ‘बाधा अड्काउ फुकाउ’ व्यवस्था हटाउन माग

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभा नियमावली मस्यौदाको प्रस्तावनामा रहेको ‘बाधा अड्काउ फुकाउ’ व्यवस्था हटाउन नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले माग गरे ।
  • फौजदारी अभियोग लागेका सांसदहरूको पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्न नेपाल कम्युनिष्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले माग गरे ।
  • प्रतिनिधि सभा बैठकमा आइतबार नियमावली मस्यौदाको प्रतिवेदनमाथि भएको दफावार छलफलमा विपक्षी दलका सांसदहरूले विभिन्न प्रावधान संशोधन गर्न सुझाव दिएका छन् ।

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदाको प्रस्तावनमा भएको ‘बाधा अड्काउ फुकाउ’ व्यवस्था हटाउन सांसदहरूको माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा, २०८३ को प्रतिवेदनमाथि भएको दफावार छलफलमा भग लिँदै विपक्षी दलका सांसदहरूले नियमावलीका विभिन्न प्रावधानमा संशोधन गर्न सुझाव दिएका हुन् ।

छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले नियमावलीको प्रस्तावनामै प्रश्न उठाए । उनले प्रस्तावनामा समावेश गरिएको ‘बाधा अड्काउ फुकाउ’ सम्बन्धी व्यवस्था सरकारका लागि संसद छल्ने माध्यम बन्न सक्ने बताए ।

नियमावलीमा ‘असंसदीय शब्द’ सँगै ‘असंसदीय संकेत’ भन्ने व्यवस्था पनि समावेश गर्नुपर्ने उनले बताए । शून्य, विशेष तथा आकस्मिक समयमा उठाइएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले तीन दिनभित्र दिनुपर्ने व्यवस्था गर्नुपर्ने उनको छ ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले विधेयक निर्माणका क्रममा जनताको सुझाव अनिवार्य रूपमा लिनुपर्ने बताए । उनले सामाजिक तथा सांस्कृतिक उत्पीडनसम्बन्धी घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्ने व्यवस्था नियमावलीमै समावेश गर्नुपर्ने उल्लेख गरे ।

साथै, फौजदारी अभियोग लागेका सांसदहरूको पद स्वत: निलम्बन हुने व्यवस्था गर्नुपर्ने माग गर्दै हाल तीन वर्ष कैद सजाय तोकिएका सांसदको मात्रै पद निलम्बन हुने व्यवस्था गरिएकोप्रति आपत्ति जनाए ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नियमावलीलाई थप लोकतान्त्रिक बनाउनुपर्ने आवश्यकता औंल्याए ।

उनले प्रत्येक साताको बुधबार प्रतिपक्षका लागि थप एक घण्टा समय उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने प्रश्ताव गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले नियमावली संसदभन्दा बाहिर लागू हुने गरी बनाउन नहुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?