News Summary
Generated by OK AI. Editorially reviewed.- विपक्षी दलहरूको नाराबाजी र वेल घेराउका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
- नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले “संशोधनहरूलाई विषयगत समितिमा पठाइयोस्” भनिन् ।
- सभामुख डोलप्रसाद अर्यालले “म निर्णयार्थ पेस गर्छु” भन्नुभएपछि असन्तुष्ट सांसदहरूले वेल घेराउ गरे ।
१७ जेठ, काठमाडौं । विपक्षीको वेल घेराउ र नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधिसभा नियमावलीको मस्यौदामा परेका संशोधनमाथि छलफल गर्न संसदीय समितिमा पठाइनुपर्ने माग विपक्षीले राखेका थिए ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले ‘संशोधनहरूलाई विषयगत समितिमा पठाइयोस्’ भनेकी थिइन् ।
अन्यले पनि समर्थन जनाएका थिए । तर, सभामुख डोलप्रसाद अर्यालले मानेनन् । ‘म निर्णयार्थ पेस गर्छु’ भनेर संशोधन प्रस्तावहरूमाथि हुन्छ र हुन्न भन्न लगाएर अगाडि बढाए ।
त्यसपछि विपक्षी दलका सांसदहरूले वेल घेराउ गरे । पेलेर संसद नलचलाउन माग गर्दै नाराबाजी गरे ।
जबरजस्ती सदन चलाइएको भनेर एक जना विपक्षी दलका सांसद सभामुखको आसनमै पुग्न खोजे । तर मर्यादापालकल रोके ।
सभामुखले सदनको मर्यादा काम गर्न पटक–पटक निर्देशन गरे ।
अहिले बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रतिक्रिया 4