+
+
Shares

५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको अर्थमन्त्रीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताएका छन् ।
  • आगामी आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादन ७४ खर्ब ५८ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
  • विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि करबाट सरकार पछाडि नहट्ने अर्थमन्त्री वाग्लेले स्पष्ट पारेका छन् ।

१८ जेठ, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर नै जग बसाउने बजेट ल्याएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेट पछिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले बजेटमा पर्याप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको बजेटले सम्बोधन गर्ने बताए ।

अहिलेको सरकार ५ वर्षको लागि भएकाले एउटा मात्रै बजेटमा सबै विषय अपेक्षा नगर्न आग्रह गरे । आगामी आर्थिक वर्षको बजेट कार्यन्यन हुँदा कुल गार्हस्थ उत्पादन (जीडीपी) ७४ खर्ब ५८ अर्ब पुग्ने बताए ।

भूकम्पपछि कुनै बजेट गार्हस्थ उत्पादनको तुलनामा ३७ प्रतिशतसम्म आएकोमा अहिले करिब २८ प्रतिशत हाराहारी मात्रै विनियोजन गरिएको बताए । अर्थमन्त्री वाग्लेले १५ खर्ब ८० अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखेको बताउँदै ऋणमा धेरै भर नपरेको बताए । उनले जीडीपीको तुलनामा ऋण ४३ प्रतिशत बढी नहुने बताए ।

७ प्रतिशत आर्थिक वृद्धि  २१ खर्ब २४ अर्बको बजेटले नभई प्रक्षेपित ७४ खर्बको जीडीपीले गर्ने बताए । उनले बजार चलायमान बनाएर ७ प्रतिशत आर्थिक वृद्धि गर्न सकिने बताए।

उनले आगामी वर्षको बजेटमा नयाँ कार्यक्रम नभए पनि पुराना कार्यक्रमको दायित्व बढी हुँदा चाप परेको बताए । ‘अहिले बुटवलबाट पोखरा जाने सडक विस्तार गर्दा ३५ अर्ब लाग्छ,’ उनले भने, ‘हामीले एक्सप्रेस वे बनाउने कि भन्ने सोचेका छौं त्यसो गर्दा १ खर्ब लागत अनुमान पुग्छ’ उनले भने ।

अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताए । उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए । आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेटमा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ । अर्थमन्त्री वाग्लेले बिजुलीमा भ्याट सरकारले ठूलो आँटका साथ लगाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?