मुम्बर्इ । निर्देशक यश चोपडा अहिले यो दुनियामा छैनन् । तर, पनि उनको चर्चा बारम्बार हुन्छ । माधुरी दिक्षित, ऐश्वर्या राय, जुही चावला लगायतका हिरोइनलाई सेतो ड्रेस लगाइदिएर चर्चित बनाइदिएका थिए उनले ।
सेतो रंगमा चामत्कारिक विषेशता देखेका चोपडाले मोहब्बतेमा ऐश्वर्या रायदेखि धेरै दृष्यमा शाहरुख खानलाई पनि सेतै डे्रसमा प्रस्तुत गरेका छन् । ‘चाँदनी’ श्रीदेबीलाइ सेतै लुगामा प्रस्तुत गरेका चोपडाले ‘डर’ मा जुही चावलालाइ पनि सेतै बस्त्रमा प्रस्तुत गरेका छन् ।
‘दिल तो पागल है’ मा माधुरी दिक्षितले लगाएको सेतो पोशाकको जति धेरै प्रसंसा भयो ‘बीर जारा’की पि्रती जिन्टाले पनि उस्तै तारिफ पाइन् । सिलसिलामा रेखा, साथियामा रानी मुखर्जी र जब तक है जानमा क्याट्रिना केफलाइ पनि सेतै डे्रसमा उतारेका थिए उनले ।
बलिउडले उनको योगदानलाई कहिल्यै बिर्सने छैन, किनभने उनले बलिउडलाई थुप्रै सफल फिल्म मात्रै दिएनन् । केही कलाकारको भाग्य नै चम्काइदिए ।
प्रतिक्रिया 4