+
+
Shares

गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु   

बागमती प्रदेश सरकारबाट नौ करोड रुपैयाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिए ।    

रासस रासस
२०८३ जेठ २१ गते १३:४९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश सरकारबाट ९ करोड रुपैयाँ निकासा भएपछि रोकिएको गौतमबुद्ध रंगशालाको निर्माण कार्य पुनः सुरू भएको छ ।
  • बजेट नपाएको भन्दै निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीले विगत एक महिनादेखि रंगशाला निर्माणको काम रोकेको थियो ।
  • भरतपुर महानगरपालिकाका अनुसार हालसम्म रंगशाला निर्माणको ५५ प्रतिशत काम पूरा भएको छ ।

२१ जेठ, चितवन । रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरुभएको छ ।

बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो ।

बागमती प्रदेश सरकारबाट नौ करोड रुपैयाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिए ।

महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताए । रंगशालाको निर्माणको काम हिमालयन कालिञ्चोक बीबीआर जेभीले गर्दै छ ।

ठेक्का सम्झौताको म्याद आगामी २२ पुसमा सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको छ । २०८१ साल असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २२ पुस २०८३ मा काम सक्ने गरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा सम्झौता भएको थियो ।

धुर्मस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?