+
+
Shares

पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा परी पाँच जनाको मृत्यु   

पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ ।

रासस रासस
२०८३ जेठ २१ गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
  • रौतहट, बारा र कपिलवस्तुमा सर्पले डसेर तीन जना तथा रोल्पामा खहरे भेलले बगाएर दुई बालकको मृत्यु भएको छ ।
  • यस अवधिमा देशका विभिन्न जिल्लामा भएका २५ विपद्जन्य घटनाबाट ६३ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ ।

२१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा पाँच जनाको मृत्यु भएको हो ।

मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरका भएका विपद्यन्ज घटनामा अन्य ११ जना घाइते भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।

उनका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले डसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । रोल्पाको गङ्गादेव गाउँपालिका रातमाटामा खहरे भेलले बगाएर दुई बालकको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रवक्ता महतका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २५ वटा विपद्जन्य घटना भएकामा ती घटनाबाट ६३ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?