+
+
Shares

प्रदीप परियारको ‘सियोधागो’ पुस्तक लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १२:१४

काठमाडौं । सामाजिक अभियन्ता प्रदिप परियारको सियोधागो पुस्तकको लोकार्पण भएको छ । काठमाडौंमा बिहीबार साँझ पुस्तक लोकार्पण भएको हो । जातको प्रश्नलाई दलित लाइभ्स म्याटर अभियन्ता हुन्, प्रदीप ।

आन्दोलनमार्फत विश्वस्तरमा नेतृत्व गरिरहेका परियार समावेशी नेतृत्व, सहभागितामूलक सुशासन र उत्तरदायी समाज निर्माणका कुशल रणनीतिकार हुन् । विश्व आर्थिक मञ्चको योङ ग्लोबल लिडर २०२० परियारले नेपालको युथ भिजन २०२५ निर्माणमा नेतृत्वदायी भूमिका खेलेका छन् ।

दक्षिण एसियाका करिब २६ करोड दलितले सदियौंदेखि भोग्दै आएको जातीय विभेद र त्यसविरुद्धको अदम्य सङ्घर्षलाई प्रदिप परियारले आफ्नै अनुभवसँग गाँसेर सियोधागोमार्फत एउटा सामूहिक कथा बुनेका उनले बताए । ‘यो कृति सीमान्तकृत जीवनका अनकहा सत्यहरूको दस्तावेज हो । आँसु, अन्याय र अपमानबीचबाट उठेको आशा र विद्रोहको स्वर हो,’ उनले भने ।

नेपालका दुर्गम गाउँदेखि विश्व मञ्चसम्मको यात्रामा देखेका र भोगेका यथार्थ – युवाका जीवन्त अनुभूति, रुकुम सोती नरसंहार, बलात्कृत र हत्या गरिएका छोरीहरूको वेदना, हिरासतमा छोरा गुमाएका आमाहरूको अन्त्यहीन सङ्घर्ष पुस्तकमा समेटिएको छ । ‘यो पुस्तक केवल पीडाको कथा होइन, चेतनाको आगो हो । अन्यायविरुद्धको उद्घोष हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?