0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

न्याय माग्दै रास्वपा कार्यालय पुगे जेनजी अभिभावक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका क्रममा तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूका अभिभावक रास्वपा कार्यालय पुगेका छन् ।
  • कार्यालय प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि अभिभावकहरूले न्यायका लागि रास्वपाले पहल गर्नुपर्ने माग गरेका छन् ।
  • जेनजी आन्दोलनकै जगमा रास्वपा सरकारमा पुगेकाले आफ्ना सन्तानलाई न्याय दिनुपर्ने उनीहरूको भनाइ छ ।

२६ जेठ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुका अभिभावक रास्वपा कार्यालय पुगेका छन् ।

तर रास्वपा केन्द्रीय कार्यालय प्रवेश गर्न उनीहरुलाई दिइएन । ती अभिभावकहरुले आफ्ना कुरा राख्नेगरी कार्यालय प्रवेश गर्न खोज्दा प्रहरीले रोकेका छन् ।

जेनजी आन्दोलनकै जगमा दुई तिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको रास्वपाले आफ्ना सन्तानलाई न्याय दिनुपर्ने उनीहरुको माग छ ।

‘उहाँहरुलाई कसैले यहाँबाट बोलाएकै कारणले आउनु भएको रहेछ, तर अहिले प्रहरीले बाहिरै रोकेका छन्,’ जेनजी अगुवा रिजन रानामगरले भने ।

पक्राउ परेका अमिर गुरुङ, निकेश विक, युनिक श्रेष्ठ, मिलन खत्री, विनोद कार्की, मिलन तामाङ, अभिषेक बस्नेत लगायतका अभिभावकहरु रास्वपा कार्यालय पुगेका छन् ।

प्रहरीले रोकेपछि उनीहरुले आफूहरु न्याय माग्न यहाँ आएको भन्दै कार्यालय प्रवेश गर्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?