0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

प्रधानमन्त्रीले माफी मागेपछि कार्यसूचीमा अघि बढ्न सक्छौं : एमाले

नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको विषयमा माफी नमागे सदनको कार्यसूची अघि बढ्न नसक्ने बताएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले प्रधानमन्त्रीले माफी नमागेसम्म सदनको कार्यसूची अघि बढ्न नसक्ने बताएको छ ।
  • एमाले सांसद क्षितिज थेबेले २६ जेठको बैठकमा देशको सिमानाको विषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान राखे ।

२६ जेठ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको विषयमा माफी नमागे सदनको कार्यसूची अघि बढ्न नसक्ने बताएको छ।

एमालेका तर्फबाट आजको बैठकमा धारणा राख्दै सांसद क्षितिज थेबेले यस्तो बताएका हुन् ।

‘म यहाँ विरोधका निम्ति विरोध गर्न उभिएको छैन । राष्ट्रिय सीमाको विषयमा बोल्न उभिएको छु । बोलेन भने इतिहासले पनि माफ गर्दैन,’ उनले भने, ‘सत्तारुढ दलका माननीयहरू जान्नेलाई छान्ने भन्ने नारा लिएर आउनु भएको थियो । मलाई पूर्ण आशा लागेको थियो- देशको सिमानाको विषयमा प्रतिपक्षीका सांसदमात्रै उभिने हैन । प्रधानमन्त्रीले मुलुक र जनताप्रति भुलचुक माफी मागेर अघि बढ्नुपर्छ । त्यसपछि कार्यसूचीमाथि छलफल गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?