0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

भारतको इन्द्रप्रस्थ अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालको स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
  • सम्झौता अनुसार बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डवाहक र कर्मचारीले १० प्रतिशत छुट पाउनेछन् ।
  • सम्झौतापत्रमा बैंकका चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु विष्ट र अस्पतालका डेपुटी म्यानेजर विपिन शर्माले हस्ताक्षर गरे ।

२६ जेठ, काठमाडौं । नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पताल र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीलाई छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलो अस्पतालको सेवा सुविधामा विशेष छुट पाउने भएका छन् ।

प्रभु बैकंका कर्मचारी, बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डबाहकले १० प्रतिशत छुट पाउने भएका छन् । उक्त सम्झौता अनुसार भर्ना भएका बिरामीलाई औषधि र उपभोग्य सामग्री बाहेक तथा भर्ना नभई उपचार गराउने बिरामीलाई औषधि र परामर्शबाहेक शुल्कमा १० प्रतिशत छुट हुनेछ ।

उक्त सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोलोका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु विष्टले संयुक्त हस्ताक्षर गरे ।

यो सम्झौता २८ मे २०२६ देखि प्रारम्भ भई मे २०२८ सम्म कायम रहनेछ । बैंकले देशभरका ३०० शाखा कार्यालय, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख ग्राहकलाई सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?