+

एन्फा महासचिव राई भन्छन् : विदेश जान व्यक्तिगत रुपमा कुनै मोह छैन

२०८३ जेठ  २६ गते १७:२० २०८३ जेठ २६ गते १७:२०
एन्फा महासचिव राई भन्छन् : विदेश जान व्यक्तिगत रुपमा कुनै मोह छैन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को उद्घाटन समारोहमा सहभागी हुन अमेरिका जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई विमानस्थलबाट फर्काइएको छ ।
  • आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्को सिफारिशमा अध्यागमन विभागले वैशाखदेखि एन्फा पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।
  • महासचिव किरण राईले फिफा र एएफसीको निर्देशन विपरीत एन्फामाथि अनुचित बाह्य हस्तक्षेप भएको दाबी गरे ।

२६ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले फिफा र एएफसीको पटक पटकको निर्देशनपछि पनि एन्फामाथिको अनुचित हस्तक्षेप नरोकिएको दाबी गरेका छन् ।

फिफा विश्वकप २०२६ को उद्घाटन जानबाट रोक लगाएपछि महासचिव राईले सामाजिक सञ्जालमार्फत फुटबलमा तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको दाबी गरेका हुन् ।

‘विदेश जान व्यक्तिगत रुपमा कुनै विशेष मोह छैन । तर फिफाले सन्सार भरिका २११ देशको अध्यक्ष र महासचिवलाई निमन्त्रणा गर्दछ (फिफाको सम्पुर्ण खर्चमा) र विश्वकप फुटबलको उद्घाटन समारोहमा सहभागी गराई केही दिनको आगामी चार बर्षको बजेट र फुटबल विकास कार्यक्रमबारे फुटबल समिट रहेको हुँदा देशको लागि महत्त्वपूर्ण थियो जुन कुरा हिजो राखेपलाई बुझाउने प्रयास गरियो । तर बुझनु भएन’ उनले लेखेका छन् ।

फिफा विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव राईलाई अध्यागमन अधिकारीहरुले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएका थिए । अध्यागमन विभागले विदेश जान रोक लगाएका कारण उनीहरुलाई विमानस्थलबाटै फर्काइएको हो ।

महासचिव राईले आफुहरुले देशको लागी काम गर्न खोजेको जिकीर गरेका छन् । ‘हामीलाई रोकिन्छ भन्ने पुर्वसूचना हँुदाहुँदै पनि आज हामी निर्धारित समयमा एअरपोर्ट गएका हौ किनकी यदि हामीले फिफाको कार्यक्रममा सहभागी हुन नसकेको उचित कारण दिन नसक्दा फिफाले हामी माथि नै प्रश्न खडागर्ने अवस्था आउने थियो,’ उनले लेखेका छन् ।

आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) किरण राई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय