News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल संघले पाकिस्तानमा हुने काभा पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।
- असार १७ देखि २३ गतेसम्म पाकिस्तानको इस्लामावादमा हुने प्रतियोगिताका लागि घोषित टोलीमा ६ जना नयाँ खेलाडी समेटिएका छन् ।
- नयाँ अनुहारका रूपमा सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, हिमाल सुनारी र दिपेश कुँवर राष्ट्रिय टोलीमा परेका छन् ।
२६ जेठ, काठमाडौं । नेपाल भलिबल संघले पाकिस्तानमा हुने काभा पुरुष भलिबल च्याम्पियनसिप–२०२६ का लागि १२ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।
पाकिस्तान भलिबल फेडेरेशनको आयोजनामा असार १७ देखि २३ गते (जुलाई १–७) सम्म इस्लामाबादमा हुने प्रतियोगिताका लागि घोषित टोलीमा ६ नयाँ खेलाडीले स्थान बनाएका छन् ।
राष्ट्रिय टोलीमा पहिलोपटक सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, हिमाल सुनारी र दिपेश कुँवर समावेश भएका छन् ।
बाँकी ६ खेलाडी भने गत वर्ष बंगलादेशमा भएको काभा पुरुष नेसन्स कप खेलेको टोलीकै सदस्य हुन् ।
घोषित टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रबिन नगरकोटी, हिमाल सुनारी, हरिहजुर थापा, दिपेश कुँवर र विनोद चन्द रहेका छन् ।
प्रतिक्रिया 4