+

एसीसी महिला प्रिमियर कपको क्‍वाटरफाइनलमा नेपालले थाइल्यान्डसँग खेल्ने

२०८३ जेठ  २६ गते १०:२७ २०८३ जेठ २६ गते १०:२७
एसीसी महिला प्रिमियर कपको क्‍वाटरफाइनलमा नेपालले थाइल्यान्डसँग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
  • नेपाल र थाइल्यान्डबीचको खेल बुधबार बिहान सवा १० बजे शुरू हुनेछ ।
  • एसिया कपमा छनोट हुन नेपालका लागि यस खेलमा जित निकाल्दै सेमिफाइनल पुग्नैपर्ने दबाब छ ।

२३ जेठ, काठमाडौं । एसीसी महिला प्रिमियर कपको क्‍वाटरफाइनलमा नेपालले बलियो टोली थाइल्यान्डसँग खेल्ने भएको छ ।

मंगलबार विहान भएको समूह ‘ए’ को खेलमा थाइल्यान्डलाई जापानलाई हराएर समूहविजेता बनेपछि समूह ‘डी’ को उपविजेता नेपालले थाइल्यान्डसँग खेल्ने भएको हो ।

गत शनिबार भएको खेलमा नेपालले हङकङसँग लज्जास्पद हार बेहोरेपछि समूहमा उपविजेता भएको थियो ।

नेपाल र थाइल्यान्डबीचको क्‍वाटरफाइनल खेल बुधबार विहान सवा १० बजेदेखि सुरु हुनेछ ।

एसिया कपमा छनोट हुनका लागि सेमिफाइनलसम्म पुग्नुपर्छ । नेपाल पराजित भएमा एसिया कप गुमाउनेछ ।

यसअघि नेपालले केही दिनअघि चीनसँग पराजित हुँदै एसियन गेम्समा पनि छनोट हुन असफल भएको थियो ।

एसीसी महिला प्रिमियर कप नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय