+

मैत्रीपूर्ण खेलमा स्पेनले पेरुलाई हरायो

२०८३ जेठ  २६ गते १०:०७ २०८३ जेठ २६ गते १०:०७
मैत्रीपूर्ण खेलमा स्पेनले पेरुलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकपअघिको अन्तिम मैत्रीपूर्ण खेलमा स्पेनले पेरुलाई ३-१ ले पराजित गरेको छ ।
  • स्पेनका लागि मिकेल ओयार्जाबाल र पेड्रीले गोल गर्दा पेरुका गोलकिपर पेड्रो गालेसेले आत्मघाती गोल गरे ।
  • स्पेनले आगामी जुन १५ मा केप भर्डेविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा शुरू गर्नेछ ।

२६ जेठ, काठमाडौं । फिफा विश्वकपअघि भएको अन्तिम मैत्रीपूर्ण खेलमा स्पेनले पेरुलाई ३-१ ले पराजित गरेको छ ।

मेक्सिकोको पुएब्लामा सोमबार राति भएको खेलमा स्पेनका लागि मिकेल ओयार्जाबाल, पेड्रीले गोल गर्दा यरेमी पिनोको क्रसमा आएको गोलकिपर पेड्रो गालेसेको आत्मघाती गोल भयो । पेरुका जाइरो भेलेजले सान्त्वना गोल फर्काए ।

स्पेनले खेलको दोस्रो मिनेटमै ओयार्जाबालको गोलबाट अग्रता लिएको थियो । ३२औं मिनेटमा फेरान टोरेसको क्रसमा पेड्रीले खाली पोस्टमा बल छिराउँदै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको सुरुमै यरेमी पिनोको क्रस क्लियर गर्ने क्रममा गोलकिपर गालेसेबाट गल्ती भएपछि स्पेनले तेस्रो गोल थप्यो । त्यसपछि भेलेजले एक गोल फर्काए पनि पेरुलाई हारबाट जोगाउन सकेनन् ।

पुएब्ला रंगशालामा हजारौं दर्शकको उपस्थितिमा भएको खेलमा विश्वकपको माहोल स्पष्ट देखिएको थियो । स्पेनका जर्सी र बार्सिलोनाका जर्सी लगाएका समर्थकले रंगशाला भरिएका थिए ।

पेड्री, रोड्री र फेरान टोरेसले सबैभन्दा बढी समर्थन पाएका थिए भने समर्थकहरूले विभिन्न गीत गाउनुका साथै ‘मेक्सिकन वेभ’ समेत गरेका थिए ।

स्पेनले जुन १५ मा केप भर्डेविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । समूह एचमा स्पेनसँगै साउदी अरेबिया र उरुग्वे पनि छन् ।

मैत्रीपूर्ण फुटबल स्पेन फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय