+

ओलिसको ह्याट्रिकमा फ्रान्स विजयी

२०८३ जेठ  २६ गते १०:०१ २०८३ जेठ २६ गते १०:०१
ओलिसको ह्याट्रिकमा फ्रान्स विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माइकल ओलिसको पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिकको मदतमा फ्रान्सले मैत्रीपूर्ण खेलमा नर्दन आयरल्यान्डलाई ३-१ ले पराजित गरेको छ ।
  • फिफा विश्वकप २०२६ को समाप्तिपछि फ्रान्सेली टोलीका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले आफ्नो पद छाड्ने भएका छन् ।
  • अर्को मैत्रीपूर्ण खेलमा कोडी गाक्पोको दुई गोलको मदतमा नेदरल्यान्ड्सले उज्वेकिस्तानलाई २-१ ले पराजित गरेको छ ।

२६ जेठ, काठमाडौं । माइकल ओलिसको ह्याट्रिक मदतमा फ्रान्सले फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलमा नर्दन आयरल्यान्डलाई ३-१ ले पराजित गरेको छ । फ्रान्सको लागि ओलिसको यो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक हो ।

उत्तर अमेरिकी भूमिमा विश्वकप सुरु हुनुअघि फ्रान्सले घरेलु मैदानमा लिलमा अन्तिम मैत्रीपूर्ण खेल खेलेको हो । साथै मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पका लागि फ्रान्सेली भूमिमा यो अन्तिम खेल पनि रह्यो । फिफा विश्वकप २०२६ को समाप्तीपछि उनले प्रशिक्षक पद पनि छाड्दैछन् ।

ओलिसले पहिलो हाफमा ४३औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले ४९औं मिनेटमा अग्रता दोब्बर पारे भने ७५औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

नर्दन आयरल्यान्डका लागि प्याट्रिक केलीले ६४औं मिनेटमा गोल गरेका थिए ।

विश्वकप खेल्ने तयारीमा रहेका टोलीहरुको अर्को मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले उज्वेकिस्तानलाई २-१ ले पराजित गरेको छ ।

नेदरल्यान्ड्सका लागि कोडी गाक्पोले दुवै गोल पेनाल्टीबाट गरेका थिए । यस हिसावमा डच टोली केही भाग्यमानी पनि रह्यो । गाक्पोले ३२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

विश्वकपमा डेब्यु गर्ने तयारीमा रहेको उज्वेकिस्तानका लागि सर्जेइभले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

तर नेदरल्यान्ड्सका गाक्पोले दोस्रो हाफको इन्जुरी टाइमको आठौं मिनेटमा विजयी गोल गरे ।

फ्रान्स फुटबल माइकल ओलिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय