News Summary
Generated by OK AI. Editorially reviewed.- एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ ।
- हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा मात्र ४० रनमा अलआउट भयो ।
- यस हारका बाबजुद नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ भने एसिया कपमा छनोट हुन सेमिफाइनल पुग्नुपर्नेछ ।
२३ जेठ, काठमाडौं । एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग लज्जास्पद हार बेहोरेको छ । नेपाल हङकङसँग ६९ रनले पराजित भएको हो ।
हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा ४० रनमा अलआउट भयो । सोनी पाख्रिनले सर्वाधिक १२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।
हङकङका लागि इकरा सहरले ४ ओभरमा ४ रन दिएर ४ विकेट लिइन् । चान का र मार्यम बिबीले २-२ विकेट लिए । सिउ मेइ र जोइलिन धलिवालले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो । हङकङका लागि यासमिन दसवानीले अविजित रहेर सर्वाधिक ४२ रन बनाइन् ।मारिको हिलले २९ रन बनाइन् । मारिना लाम्पलोह १८ रनमा अविजित रहिन् ।
नेपालका लागि रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।
यस हारका बाबजुद नेपाल क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । एसिया कपमा छनोट हुनका लागि सेमिफाइनलसम्म पुग्नुपर्छ ।
प्रतिक्रिया 4