0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

एक पटक प्राप्त मतको आधारमा सरकारले धेरै दम्भ नदेखाओस् : सांसद पन्त

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी सांसद कमला पन्तले निर्वाचनमा प्राप्त मतका आधारमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिनुभएको छ ।
  • सांसद पन्तले सीमाको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका बारेमा प्रधानमन्त्री स्वयंको धारणा आउनुपर्नेमा जोड दिनुभएको छ ।
  • उहाँले मुलुकलाई सहकार्य, एकता र सहमतिका आधारमा अगाडि बढाउन सत्तारूढ दललाई आग्रह गर्नुभएको छ ।

२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले निर्वाचनको मतलाई मात्र राजनीतिक वैधताको आधार मान्न नहुने भन्दै एकपटक प्राप्त मतका आधारमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएकी छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पन्तले यस्तो चेतावनी दिएकी हुन् ।

उनले प्रधानमन्त्रीले सीमाको विषयमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्री स्वयंको धारणा आउनुपर्नेमा जोड दिइन् ।

उनले आपसी सहकार्य, एकता र सहमतिका आधारमा मुलुक अघि बढाउन समेत सत्तारुढ दल रास्वपालाई आग्रह गरिन् ।

उनले सभाको संवैधानिक र राजनीतिक जिम्मेवारी निर्वाह गर्न आफूहरू तयार रहेको उल्लेख सभाप्रति सरकार उत्तरदायी हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘राष्ट्रिय सभाको भिन्न जिम्मेवारी छ, त्यो जिम्मेवारी निर्वाह गर्न हामी तयार छौँ । तर हामीसँग रहेको प्रधानमन्त्रीप्रतिको आग्रह मेटियो भनेर भन्न सक्दैनौँ । निर्वाचनबाट प्राप्त मतबाट मात्र राजनीतिले छुकटकारा पाउँदैन । गाली गर्न सजिलो छ, भूमिका निर्वाह गर्न अत्यन्त गाह्रो छ । निर्वाचनबाट राजनीतिक दलहरुले धेरै मत प्राप्त गरेको हाम्रो इतिहास पनि छ । एक चोटी पाएको मतले धेरै दम्भ देखाउनुपर्ने जरुरी पनि छैन । माइक भेटेपछि धेरै कुरा गरिहाल्नुपर्छ भन्ने पनि छैन । त्यसरी सरकार चलाउन गाह्रो पनि पर्छ । नेपालजस्तो मुलुकले सहकार्य, एकता र सहमतिको आधारमा अगाडि बढ्नुपर्छ ।’

उनले सरकारले गर्ने सकारात्मक कार्यहरुमा सहयोग गर्न प्रतिपक्षी दलहरू तयार रहेको भन्दै नतर्सिन समेत आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?