News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि सामग्री कम्पनी लिमिटेडका जिल्ला शाखाहरूमा ९८ हजार टनभन्दा बढी रासायनिक मल थन्किएर बसेको छ ।
- मधेस प्रदेशका डिपोहरूमा मात्रै सबैभन्दा धेरै ४८ हजार टनभन्दा बढी रासायनिक मल मौज्दात रहेको छ ।
- जिल्लाहरूमा पर्याप्त मल मौज्दात रहे पनि फितलो वितरण प्रणालीका कारण रोपाइँको समयमा किसानले मल पाउन सकेका छैनन् ।
२८ जेठ, काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडका विभिन्न जिल्लास्थित वितरण व्यवस्था महाशाखाबाट झन्डै १ लाख टन (१० करोड किलो) रासायनिक मल नउठेको पाइएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कम्पनीका जिल्ला शाखा कार्यालयहरूमा ९८ हजार २ सय ३५ टन (९ करोड ८२ लाख ३५ हजार ४ सय ५० किलो) रासायनिक मल थन्किएको छ ।
केन्द्रले जिल्लास्थित शाखा कार्यालयहरूमा मल पठाए पनि ती कार्यालयबाट मल नउठ्दा किसानले समयमा मल पाउन सकेका छैनन् ।
कुन प्रदेशमा कति छ मल मौज्दात ?
कोशी
कोशी प्रदेशका शाखा कार्यालयहरूमा ११ हजार ९ सय ५४ टन युरिया, २ हजार ९२ टन डीएपी र ३ हजार २ सय ४८ टन पोटास मौज्दात छ । तर, शाखा कार्यालयहरूबाट यो मल उठ्न सकेको छैन ।
मधेस
मधेस प्रदेशमा सबैभन्दा बढी मल मौज्दात देखिएको छ । यहाँका शाखाहरूमा ३१ हजार १ सय ३१ टन युरिया, ११ हजार ४ सय ५६ टन डीएपी र ५ हजार ५ सय ८४ टन पोटास मल हिसाब गर्दा थन्किएर बसेको छ ।
बागमती
बागमती प्रदेशका जिल्ला शाखाहरूमा ४ हजार ९३ टन युरिया, ५ सय ९९ टन डीएपी र २ सय ५१ टन पोटास मौज्दात रहेको कम्पनीको तथ्यांक छ ।
गण्डकी
गण्डकी प्रदेशमा ४ सय ६ टन युरिया, १ सय ३० टन डीएपी र ६१ टन पोटास थन्किएको छ ।
लुम्बिनी
लुम्बिनी प्रदेशका जिल्ला कार्यालयहरूमा १५ हजार ३५ टन युरिया, ४ हजार ६ सय ४३ टन डीएपी र ४ हजार ४ सय १२ टन पोटास मौज्दात छ ।
कर्णाली
कर्णालीका जिल्ला शाखाहरूमा २ सय १२ टन युरिया, ७४ टन डीएपी र ४८ टन पोटास मौज्दात छ ।
सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशका जिल्ला शाखाहरूमा २ हजार ४ सय ५४ टन युरिया, २ सय ९३ टन डीएपी र ४ सय २३ टन पोटास अझै नउठाइएको अवस्थामा छ ।
जिल्ला शाखाहरूमा हजारौं टन मल मौज्दात रहे पनि वितरण प्रक्रियामा देखिएको ढिलाइले गर्दा खेतीको मुख्य सिजनमा किसानहरू भने मल अभाव झेलिरहेका छन् ।
प्रतिक्रिया 4