News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको क्यालिफोर्नियास्थित सोफी स्टेडियममा शनिबार बिहान ६ बजे उद्घाटन समारोह आयोजना हुनेछ ।
- अमेरिकी उद्घाटन समारोहमा पप स्टार केटी पेरी मुख्य आकर्षण रहनेछिन् भने उद्घाटन खेल अमेरिका र पाराग्वेबीच हुनेछ ।
- क्यानडाको टोरन्टोमा असार २९ गते आयोजना हुने उद्घाटन समारोहमा गायक माइकल बब्ले मुख्य कलाकारका रूपमा प्रस्तुत हुनेछन् ।
काठमाडौं । फिफा विश्वकप २०२६ को आज राती अमेरिका र क्यानडामा उद्घाटन समारोह आयोजना हुँदैछ । हिजो मेक्सिकोमा भएको ओपनिङ समारोहमा पपस्टार शकिराले प्रस्तुति दिएकी थिइन् ।
नेपाली समयानुसार आज राती र भोलि बिहान हुने उद्घाटन समारोहमा पनि विश्व संगीतका चर्चित हस्तीले प्रस्तुति दिने तयारी छ । अमेरिकाको क्यालिफोर्नियास्थित सोफी स्टेडियममा नेपाली समयअनुसार भोलि –शनिबार) बिहान ६ बजेदेखि उद्घाटन समारोह हुनेछ ।
त्यसपछि ६ बजेर ४५ मिनेटमा आयोजक राष्ट्र अमेरिका र पाराग्वेबीचको उद्घाटन खेल खेलाइनेछ । यो समारोहमा अमेरिकी पप स्टार केटी पेरी मुख्य आकर्षणका रूपमा रहनेछिन् ।
साथै फ्युचर, ब्ल्याकपिङ्ककी लिसा, अनिट्टा, रिमा र टायलाले पनि प्रस्तुति दिनेछन् । अमेरिकी राष्ट्रिय गान ड्यान एन्ड शेले प्रस्तुत गर्नेछन् भने पाराग्वेको राष्ट्रिय गान पुराहेइ सोलले गाउनेछन् । अभिनेता जेसन सुडेकिस विश्वकप एम्बासडरका रूपमा कार्यक्रममा सहभागी हुनेछन् ।
यस्तै क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा नेपाली समयअनुसार असार २९ गते मध्यरात पौने १ बजे उद्घाटन समारोह आयोजना हुनेछ । सह-आयोजक क्यानडा र बोस्निया एन्ड हर्जेगोभिनाबीचको खेलअघि हुने समारोहमा माइकल बब्ले मुख्य कलाकारका रूपमा प्रस्तुत हुनेछन् ।

क्यानडाको राष्ट्रिय गान एलानिस मोरिसेटले गाउनेछिन् भने एलेसिया कारा, जेसी रेयेज, एलियाना, नोरा फतेही, भेगेड्रिम, सञ्जय र विलियम प्रिन्सले पनि प्रस्तुति दिनेछन् । बोस्निया एन्ड हर्जेगोभिनाको राष्ट्रिय गान अलेक्सान्दार गाजिकले प्रस्तुत गर्नेछन् । अभिनेता विल आर्नेट विश्वकप एम्बासडरका रूपमा समारोहमा सहभागी हुनेछन् ।
फिफाले यस संस्करणको विश्वकपलाई खेलसँगै संगीत, संस्कृति र मनोरञ्जनको विश्वव्यापी उत्सवका रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ । त्यसकै हिस्सा स्वरूप उद्घाटन समारोहमा विश्व चर्चित कलाकारको सहभागिता सुनिश्चित गरिएको हो ।
प्रतिक्रिया 4