आईओएस २६ मा एप्पल म्यूजिक भित्र गरिएका ठुला परिवर्तनहरूपछि, एप्पलले यस पटकको आईओएस २७ मा भने केही सीमित तर महत्त्वपूर्ण परिमार्जनहरू मात्र गरेको छ।
डब्लूडब्लूडीसी २०२६ को कीनोटपछि कम्पनीले केही साना अपडेटहरूको घोषणा गरेको छ भने डेभलपर्सहरूले आईओएस २७ को पहिलो बेटामा अन्य केही सूक्ष्म परिवर्तनहरू फेला पारेका छन्।
यस पटकको नयाँ अपडेट मुख्य रूपमा नयाँ आर्टिस्ट पेज, छिटो गीत बज्ने प्रणाली र लिक्विड ग्लास यूआईका सुधारहरूमा केन्द्रित छ।
एप्पल म्यूजिक सब्स्क्राइबर्सहरूले लामो समयदेखि क्रस-प्लेटफर्म एक्सपेरियन्समा एकरूपता नभएको, सोसल फिचरहरूको कमी रहेको र आर्टिस्ट वा गीतहरूको लोकप्रियता मापन गर्न गाह्रो भएको गुनासो गरिरहेका थिए।
आईओएस २७ ले यी सबै समस्यालाई पूर्ण रूपमा समाधान नगरे पनि स्ट्रिमिङ सर्भिसलाई अझ राम्रो बनाउन केही फिचरहरू अवश्य थपेको छ।
आर्टिस्ट पेज, सिरी एआई र भिजुअल ट्वीक्स

आईओएस २६ मा प्लेलिस्ट र एल्बमका लागि नयाँ यूआई ल्याएपछि, एप्पलले अब आईओएस २७ मा आर्टिस्ट पेजहरूलाई रिडिजाइन गरेको छ। अब टेलर स्विफ्ट, ओलिभिया रोड्रिगो, सब्रिना कार्पेन्टर र लेडी गागा जस्ता छनोटमा परेका प्रख्यात आर्टिस्टहरूको नाम कस्टम फन्टमा देखिनेछ।
यसका साथै आर्टिस्ट पेजमा एउटा ठुलो प्ले बटन थपिएको छ, जसमा ट्याप गर्दा उनीहरूको टप सङ्ग्स स्वतः बज्नेछन्। पेजको माथि आर्टिस्टको लेटेस्ट रिलिजलाई हाइलाइट गर्ने एउटा ब्यानर पनि राखिएको छ।
दोस्रो ठुलो परिवर्तन, सिरी एआईको सपोर्ट हो। नयाँ एआई-पावर्ड असिस्टेन्टमार्फत युजरले सिरीलाई कुनै आर्टिस्ट वा गीतको बारेमा सोध्न सक्छन्। साथै, केही हप्ता अगाडि म्यासेजमा कुनै साथीले सिफारिस गरेको गीत बजाउनका लागि समेत सिरीलाई कमान्ड दिन सकिनेछ।
यद्यपि, यो पर्सनल असिस्टेन्टले ‘प्लेलिस्ट प्लेग्राउन्ड’ फिचरलाई भने अझै पूर्ण रूपमा रिप्लिकेट गर्न सक्दैन, जुन हाल अमेरिकामा मात्र सीमित छ। भिजुअल रिफ्रेस तर्फ युजरले अब ट्रान्सलुसेन्ट वा टिनटेड एक्सपेरियन्स मध्ये एउटा रोज्न सक्नेछन् र केही बटनहरूलाई प्रेस एन्ड होल्ड गर्दा भिडन मेनुहरू खुल्नेछन्।
इम्प्रुभ्ड अटोमिक्स र रिलायबल स्ट्रिमिङ

एप्पलले आईओएस २७ मा नयाँ अटोमिक्स ट्रान्जिसन र स्ट्रिमिङको रिलायबिलिटीमा सुधार गरिएको उल्लेख गरेको छ। अटोमिक्स फिचरले एउटा स्मार्ट डीजे जस्तै काम गर्छ, जसले गीतहरूका बीचमा डाइनामिक ट्रान्जिसन ल्याउँछ।
आईओएस २७ मा थपिएका नयाँ ट्रान्जिसनहरूले विभिन्न जेनराका गीतहरूलाई अझ राम्रोसँग ह्यान्डल गर्ने कम्पनीको दाबी छ।
एप्पल म्यूजिकको सबैभन्दा महत्त्वपूर्ण सुधार भनेको मोर रिलायबल स्ट्रिमिङ हो। एप्पलको मुख्य उद्देश्य एप्स खोल्ने, एयरड्रप प्रयोग गर्ने वा फोटो डाउनलोड गर्ने जस्ता प्रक्रियालाई अझ फास्ट र फ्रिक्सनलेस बनाउनु हो।
यसै अन्तर्गत अब एप्पल म्यूजिकमा कुनै पनि गीतमा ट्याप गर्नासाथ त्यो इन्स्ट्यान्ट्ली बज्नेछ। यसले विगतमा युजरहरूले भोग्दै आएका स्लगिस र अनरेस्पोन्सिभ हुने समस्यालाई हटाउनेछ।
प्रतिक्रिया 4