आइतवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले गैरआवसीय नेपाली -एनआरएन) दिवसको सन्दर्भको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कारोबार दैनिकले एनआरएनलाई लगानी बढाउँन नेताहरुले आग्रह गरेको खबरलाई मुख्य खबर बनाएको छ । एनआरएन दिवसको अवसरमा शनिवार आयाजित कार्यक्रममा नेताहरुले एनआरएनको नागरिकता सम्बन्धी सबै विवाद अन्त्य भइसकेकाले अब नेपालमा लगानी भित्र्याएर देखाउने बेला आएको बताए ।
यस्तै, निजी क्षेत्रको परियोजनामा फ्रान्सेली लगानी, दुई महिनामा घरजग्गाका ७१६ उजुरी, भन्सार मूल्यांकन पुनरावलोकन तयारी, गोमा एयरले लुक्ला र जोमसोम उडान गर्ने तथा एनआरएन विशेषलगायतका खबर कारोबार दैनिकमा छ ।
अन्नपूर्ण पोष्टले ‘निर्धक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह’ शीर्षकमा एनआरएन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा अभिब्यक्त भनाईलाई प्रमुख खबर बनाएको छ ।
यस्तै, तिहारलाई भारतबाट सयपत्री, बुटवल धागो कारखाना सञ्चालनमा सरकारले पहल गर्ने, नेप्से १६ अंकले झर्यो, पोखरामा ओइरिए चिनियाँ पर्यटक लगायतका खबर अन्नपूर्ण पोष्टमा छ ।
नागरिक दैनिकले ‘पाँचतारे होटल शिलान्यास’ शीर्षकमा मुख्य खबर छापेको छ । अष्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङसको आठ अर्ब रुपैंयाँ लगानीमा राजधानीको केशरमहलमा निर्माण हुने पाँचतारे शेराटन काठमाडौ होटलको शनिवार प्रधानमन्त्रीले शिलान्यास गरेका हुन् ।
यस्तै, सतलजसँग पीडीए वार्ता चाँडै, लागनीमा कुनै समस्या आए सरकारको सहयोग, बिमा ब्याज अनुदान र यान्त्रीकरण नीति एकसाथ, प्रदूषण गर्ने उद्योगविरुद्ध संघर्ष, गोमाले बुधवारभित्र नियमित उडान गर्ने, पोखरा-काठमाडौ उडान दोब्बरलगायतका खबर नागरिक दैनिकमा छ ।
आर्थिक दैनिकले ‘एडीबीको दबाबको कारण १४० मेगावाटको माथिल्लो सेती जलविद्युत आयोजना अगाडी नबढ्ने संकेत’ शीर्षकमा मुख्य खबर छापेको छ । एडीबीको दबाबका कारण तनहुँ हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको १४० मेगावाटको जलाशययुक्त माथिल्लो सेती जलविद्युत आयोजना निर्माणकार्य शुरु नहुने संकेत देखिएको छ ।
यस्तै, मलेसियामा अलपत्र आठ हजारलाई उद्धार गर्न प्रवर्द्धन बोर्डको लापरबाही, कम्पनी रजिष्ट्रारको क्षेत्रीय कार्यालय स्थापना हुँदै, नेपाल विकासपथमा अघि बढ्योः कोइराला, बैंकहरु कर्जाको कागजपत्र मात्र दिन्छन् कर्जा दिंदैनन् लागयतका खबर आर्थिक दैनिकमा छ ।




प्रतिक्रिया 4