News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाको पहिलो महाधिवेशनअघिको अन्तिम केन्द्रीय समिति बैठक चितवनको भरतपुरमा शुरू भएको छ ।
- बैठकमा केन्द्रीय समितिको आकार १३१ बाट बढाएर १५१ सदस्यीय बनाउने विधान संशोधन प्रस्तावमाथि छलफल हुँदैछ ।
- भरतपुरमा भोलिदेखि शुरू हुने रास्वपाको पहिलो महाधिवेशनमा देशभरबाट तीन हजार प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
६ असार, काठमाडौं । रास्वपा केन्द्रीय समितिको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो ।
बैठक भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा बसेको हो । भोलिदेखि रास्वपा महाधिवेशन सुरु हुँदैछ । त्यसअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो ।
बैठकमा पार्टीको पहिलो महाविधेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल जनाइएको छ ।
रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति छ । अब विधान संशोधन गरेर त्यसलाई १५१ बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितीबाट पारित भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ ।

केन्द्रीय समितिको बैठक तथा महाविधेशनमा सहभागी हुनका लागि पार्टी सभापति रवि लामिछाने आज चितवन आउने कार्यक्रम रहेको रास्वपा चितवनका सभापति मिनि माधव खनालले जानकारी दिए ।
रास्वपाको पहिलो महाधिवेशन भोलीदेखि ३ दिनसम्म चितवनको भरतपुरमा हुँदैछ । महाधिवेशनमा देशभरबाट ३ हजार प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ । महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा हुनेछ ।
प्रतिनिधिहरूलाई खानाको व्यवस्थापन पार्टीले गरेको छ भने आवासको व्यवस्था र खर्च प्रतिनिधि आफैंले गर्नुपर्ने हुन्छ ।
तस्वीरहरू : कमल प्रसाईं/अनलाइनखबर








प्रतिक्रिया 4