News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टीको संशोधित विधान पारित गरेको छ ।
- संशोधित विधान अनुसार रास्वपाको केन्द्रीय समितिमा १५१ र सात प्रदेश सभापतिसहित कुल १५८ सदस्य रहने व्यवस्था गरिएको छ ।
- नयाँ व्यवस्था अनुसार केन्द्रीय सदस्यमध्ये १०० जना निर्वाचनबाट चुनिनेछन् भने सभापतिलाई ५० जना मनोनीत गर्ने अधिकार दिइएको छ ।
६ असार, काठमाडौं । रास्वपाको संशोधित विधान केन्द्रीय समिति बैठकबाट पारित भएको छ ।
शनिबार भरतपुरको एक होटलमा बसेको केन्द्रीय समितिको बैठकबाट विधान पारित भएको नेता गणेश पराजुलीले जानकारी दिए ।
भोलिबाट रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदैछ । पहिलो महाधिवेशनअघि बसेको केन्द्रीय समितिले संशोधित विधान पारित गरेको हो ।
जसमा १५१ प्लस ७ जना रहनेगरी केन्द्रीय समिति बनाउने विधानमा व्यवस्था रहेको उनले जानकारी गराए ।
सभापतिले ५० जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्ने गरी व्यवस्था गरिएको छ । संशोधन हुनुअघि २२ जना केन्द्रीय सदस्यमा सभापतिलाई मनोनीत गर्ने अधिकार थियो ।
केन्द्रीय सदस्यमा १०० जना निर्वाचनबाट चुनिने छन् । केन्द्रीय समितिमा सात प्रदेशका सभापति पदेन सदस्य हुने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4